पृष्ठ भूमि
नेपालको राजधानी काठमाण्डौबाट करिब ३७ कि.मी पूर्व दक्षिणमा अवस्थित तत्कालिन चलाल गणेशस्थान गा.वि.स वडा नं.:- ७ तिप्चोक हाल बेथानचोक गाउँपालिका – ४, तिप्चोक स्थित २०४३ सालमा प्रौढ शिक्षा सञ्चालन गरिएको थियो । यसै क्रममा देशको बढ्दो प्रजातन्त्रप्रतिको अवस्था औपचारिक शिक्षाको विकास संग संगै यस विद्यालय भित्रका समाजसेवी, बुद्धिजीवी तथा शिक्षा प्रेमी लालबहादुर तामाङको नेतृत्वमा क्रमस्: स्व.विष्णु बहादुर खड्का, स्व.गोविन्द प्रसाद कोईराला तथा अन्य व्यक्तिहरुको सक्रियतामा वि.सं २०४३ साल मंसिर देखि तिप्चोक ओखर भञ्याङको खुल्ला आकास मूनि यसै गा.वि.स वडा नं.:- ७ निवासी स्व. श्री कर्म सिं तामाङले स्थानीयका सहयोगमा ३७ जना विद्यार्थी भर्ना गरी शिक्षण कार्य शुभारम्भ गर्नु भएको थियो । यस विद्यालयको नामाकरण यस विद्यालय रहेको स्थान नजिकै भूमेस्थान देवी देवता मान्दै आएकाले सोहि देवी देवताको नामको आधारमा भुमे शब्दको अपभ्रंश भई भूमिमाता भएर श्री भूमिमाता प्राथमिक विद्यालयको नामाकरण गरिएको हो ।
विद्यालय सञ्चालन भएको ६ महिना पछि स्थगित भई पुनः देशमा प्रजातन्त्रको आन्दोलन चलिरहेको बेला यस ठाउँका स्थानीय जनताहरुले भने शिक्षाका लागि क्रान्ती ल्याउने हेतुले चन्दा संकलन गरी समूदायले वि.सं २०४५ साल कार्तिक , मंसिरमा शुरु गरी १ वर्ष भित्र ६४ फिट लामो भवन निमार्ण गरी वि.सं २०४६ साल माघ २६ गते बाट सस्थापक शिक्षक श्री कमल वतास बाट भर्ना कार्य शुभारम्भ गरी फागुण १ गते बाट पढाई सुरु गरियो । सरकारी स्वीकृति भने वि.सं २०४६ फागुण १८ गते बाट स्थायी प्रा.वि. स्वीकृत भई पहिलो स्थायी शिक्षक दरबन्दी प्राप्त भएको र उक्त दरवन्दीमा हरिभक्त कर्माचार्य नियुक्ति भई पठनपाठन भएको थियो । वि.सं. २०४६ सालमा श्री लाल बहादुर तामाङको अध्यक्षतामा पहिलो वि.व्य.स. गठन भयो । वि.सं २०४८ मा वि.व्य.स बाट थप दरबन्दी माग भए बमोजिम दोस्रो दरबन्दी प्राप्त भयो भने तेस्रो दरबन्दी वि.सं २०५३ सालमा प्राप्त भयो ।
यस क्षेत्रका अभिभावकहरु , वि.व्य.स. र विद्यालय प्रसाशनले यस विद्यालयमा नि.मा.वि आवश्यकताको महसुस गरी वि.सं २०५४ फागुण १८ को अभिभावक दिवशको भेलाले नि.मा.वि कक्षा संञ्चालनको निर्णय गरी कक्षा संञ्चालन गरियो । यस विद्यालयका तत्कालिन वि.व्य.स अध्यक्ष श्री कृष्ण बहादुर तामाङको शुरुवात सँग सँगै नि.मा.वि. कक्षा संञ्चालनको अस्थायी स्विकृती वि.सं २०५५ मंसिरमा प्राप्त गर्न सफल भयो भने क्षे.शि.नि. बाट वि.सं २०५७ कार्तिक ९ गते देखि कक्षा ८ संञ्चालन गर्ने अनुमति प्राप्त भयो । वि.सं २०५६ साल भाद्र १९ मा २ वटा नि.मा.वि शिक्षक २ दरबन्दी प्राप्त गर्न सफल भयो । त्यसै गरी माथिल्लो तहको विद्यालय शिक्षाको आवश्यकता झन् झन् बढदै गयो कि यस क्षेत्रका विद्यार्थीहरु माध्यामिक विद्यालयको शिक्षा आर्जन गर्न ३/४ घण्टा हिडेर जानुपर्ने बाध्यात्मक अवस्था हटाउन वि.सं २०६३ सालबाट माध्यामिक शिक्षा संञ्चालन गर्न माग गर्ने निर्णय वि.व्य.स, अभिभावक र शिक्षकहरुको पहलमा वि.सं २०६५ बैसाख २५ मा कक्षा १० संञ्चालन गर्ने अनुमति प्राप्त भई २०६६ साल देखि निरन्तर एस.एल.सी परीक्षामा समाबेश भई संञ्चालन भएको थियो ।विद्यालय सञ्चालनको क्रममा विद्यालयले स्वीकृत प्राप्त गरेपछि लालबहादुर तामाङ्ग, कृष्ण बहादुर तामाङ्ग, चन्द्र बहादुर तामाङ्ग र कर्ण तामाङ्गले विद्यालय व्यवस्थापन समितिको नेतृत्व गर्नुभएको थियो । भने विद्यालय प्र.अ.को रुपमा हरिभक्त कर्माचार्य, भिमबहादुर खत्री, शम्भुलाल श्रेष्ठ र यज्ञप्रसाद हुमागाई बाट विद्यालय प्रशासनको नेतृत्व गर्नुभएको थियो ।त्यसै गरि यस विद्यालयमा अध्ययन गरि उच्च शिक्षा हासिल गरेरका पूर्व विद्यार्थीहरु विद्यालयको प्र.अ., शिक्षक, ईन्जिनियर, कानुनी सहजकर्ता, प्रहरी, शैनिक, नर्श, बैङ्क तथा सहकारीमा कर्मचारी, बैदेशिक रोजगार तथा व्यबसायी भनेका छन् ।
